लोकप्रिय नेपाली एप ‘हाम्रो पात्रो’ नयाँ स्वरुपमा सार्वजनिक भएको छ । दश लाख बढि डाउनलोड हुने निकै कम नेपाली एपमध्ये पर्ने हाम्रो पात्रोमा नेपाली पात्रोसँगै, रासिफल, मिति रुपान्तर, लोडसेडिङ, रेडियो तथा नेपाली न्यूज पोर्टलका समाचार एकैठाउँमा समावेश गरिएको छ ।
हाम्रो पात्रोका विकाशकर्ता शंकर उप्रेतीका अनुसार शुक्रबार बिहानदेखि एन्ड्रोइड भर्सनका प्रयोगकर्ताले नयाँ स्वरुपको एप प्रयोग गर्न पाउँछन् । यसका लागि नयाँ प्रयोगकर्ताले प्लेस्टोरबाट डाउनलोड गर्नुपर्छ भने पुराना प्रयोगकर्ताले एप अपडेट गर्न सक्छन् ।
यी हुन् नयाँ फिचर
हाम्रो पात्रोले डिजाइन र लेआउटमा महत्वपूर्ण परिवर्तन गरेको छ । मिति र पर्वअनुसार एपको डिजाइन आफै परिवर्तन हुन्छ ।
स्मार्टफिड विधिअनुसार होम स्क्रिनमै पात्रोका फिचरहरु देखाइन्छ । साथै प्रयोगकर्ताको रुची र समयअनुसार भिन्नभिन्न फिचरलाई प्राथमिकिकरण गरिन्छ ।
यसैगरी चाडपर्वसम्बन्धी विस्तृत जानकारी पनि नयाँ थपिएको छ । यसअघिको भर्सनमा चाडपर्वको सूचीमात्र हुने गर्दथ्यो ।
हाम्रो पात्रोमा मौसम पनि थपिएको छ । अब तपाईले आफ्नो क्षेत्रको मौसम एपको होमस्क्रिनका देख्न सक्नुहुन्छ । यसैगरी हाम्रो पात्रोमा हरेक दिन एक प्रेरक भनाई पनि आउँछ ।
नयाँ भर्सनमा न्यूज फिडलाई अझै सहज बनाइएको छ । अब आफुलाई मन पर्ने न्यूज पोर्टल छनौट गरेर त्यही मात्रै पोर्टलको समाचार पढ्न सकिन्छ । न्यूज विजेटका माध्यमबाट तपाईले सिधै समाचार स्क्रिनमा देख्न सक्नुहुन्छ । नयाँ भर्सनमा नेपाली र अंग्रेजी दुवै भाषा सपोर्ट गर्छ । अर्थात तपाइको मोबाइल नेपाली भाषा सपोर्ट गर्दैन भने पनि हाम्रो पात्रो अंग्रेजीमा चलाउन सक्नुहुन्छ ।


from SHYANE http://ift.tt/1K3UCTb
via समाचार

0 comments :

Post a Comment

 
Top