४ मंसिर काठमाण्डौ।  नेपाल  सरकारले गृह र अर्थ मन्त्रालय र निकायका १४ जना सचिवलाई सरुवा गरेको छ । मन्त्रिपरिषदको हिजोको बैठकले उनीहरुको सरुवा गरेको हो । गृहसचिव सूर्य सिलवाललाई भूमिसुधार, अर्थसचिव सुमन शर्मालाई ऊर्जा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव धनबहादुर तामाङलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । त्यस्तै युवा तथा खेलकुद मन्त्रालयका दीपेन्द्रनाथ शर्मा र अतिरिक्त समूहमा रहेका विजय मल्लिकलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।
यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणगोपाल मलेगोलाई गृह, भूमिसुधारका लोकदर्शन रेग्मीलाई अर्थ, वन तथा भूसंरक्षणका मधु रेग्मीलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र ऊर्जाका राजेन्द्रकिशोर क्षेत्रीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

त्यसैगरी शान्ति तथा पुनर्निर्माण मन्त्रालयका रमेशकुमार शर्मालाई महालेखा नियन्त्रणको कार्यालय, रक्षा मन्त्रालयका ईश्वरीप्रसाद पौडेललाई शान्ति तथा पुननिर्माणमन्त्रालयमा, अतिरिक्त समूहमा रहेका उदयचन्द्र ठाकुरलाई वन तथा भूसंरक्षणमा, राष्ट्रिय सूचना आयोगका लक्ष्मण मैनालीलाई युवा तथा खेलकुद मन्त्रालय, सुदूरपश्चिमका क्षेत्रीय प्रशासक शरदराज बिष्टलाई सूचना आयोगमा सारिएको छ ।



from SHYANE http://ift.tt/1PD5OLs
via समाचार

0 comments :

Post a Comment

 
Top