हामी मध्ये अधिकांस एक न एक चोटी मोबाइल फोन हराउने दुर्घटनाको सिकार भएकै हुन्छौँ । फोन चोरी हुने, कतै खसेर हराउने वा कतै छुटेर हराएको पीडा धेरैले भोगेकै हुन्छौँ ।
फोन हराएसँगै हामीले निकै दुख मनाउ गर्छौँ, सुरुमा त दिमागले काम गर्दैन पनि । गरोस् पनि किन ? पैसा आफ्नो ठाउँमा छ फोन हराएसँगै विभिन्न खाले महत्वपूर्ण तथा गोप्य डाटाहरु पनि हराएका हुन्छन्, जो अरुले प्राप्त गर्ने तथा त्यसको दुरुपयोग गर्ने जोखिम रहन्छ ।
तर दुख मानेर वा रोइकराइ गरेर मात्र पनि केही हुँदैन । त्यसैले यस्तो स्थितिमा आफुलाई सम्हाल्नु तथा बुद्धिमानीपूर्वक कदम चाल्नु आवश्यक हुन्छ । आफ्नो फोन हराइसकेपछि तत्कालै गर्नुपर्ने ६ काम यी हुन्:
  • सबैभन्दा पहिले आफ्नो हराएको वा चोरी भएको फोनमा कल गर्नुहोस् । फोन लागेन भने मेसेज गर्नुहोस् । हुनसक्छ, तपाइँको हराएको फोन कुनै इमान्दार वा असल मानिसको हातमा परेको हुनसक्छ । तपाइँको फोन वा मेसेज पाएपछि उसले तपाइँको फोन फिर्ता पनि दिनसक्छ ।
  • यदि फोन हराइहाल्यो भने तपाइँले कम्प्युटरबाट आफ्नो सोसल अकाउण्ट, इमेल आदिको पासवर्ड बदल्नुहोस् । आफ्नो स्मार्टफोनबाट इन्टरनेट चलाउँदा प्रायः आफ्ना इमेल वा सोसल साइटका अकाउण्ट लगआउट गरिँदैन । यसो हुनाले चोरी भएको फोनमार्फत अरुले तपाइँका इन्टरनेट अकाउण्ट खोल्ने जोखिम हुन्छ । त्यसैले फोन चोरी भएपनि इन्टरनेट अकाउण्ट अरुको हातमा पर्नबाट बचाउन आफ्ना सबैजसो इमेल तथा सोसल साइट लगायत इन्टरनेट अकाउण्टका पासवर्ड परिवर्तन गरिहाल्नुपर्छ ।
  •  एन्ड्रोइड स्मार्टफोन खोजीका लागि एन्ड्रोइड डिभाइस म्यानेजर उपयोगी हुनसक्छ । यसले तपाइँको हराएको फोनकेा लोकेसन पत्ता लगाउँछ र तपाइँको हराएको एन्ड्रोइड डिभाइसलाई लक गर्न पनि सकिन्छ ।
  •  सिम ब्लक गर्नुहोस् । आफ्नो टेलिकम अपरेटरसँग सम्पर्क गरी आफ्नो हराएको मोबाइलमा राखेको सिमकार्ड ब्लक गराउनुहोस् । यसो गर्नाले अरुले तपाइँको सिमकार्ड प्रयोग गर्न नपाओस् ।
  •  पुलिसमा उजुरी गर्नुस् : त्यसपछि तपाइँले गर्ने अर्को काम भनेको सम्बन्धित पुलिस चौकीमा गएर आफ्नो फोन हराएको जानकारी सहित खोजीका लागि निवेदन दिने ।
  • आफ्नो फोन चोरी भएसँगै तपाइँले आफ्ना इन्टरनेट अकाउण्ट कतै प्रयोग भएका छन् की भन्ने कुरामा ध्यान दिनुहोस् । तपाइँको सोसल साइट, इमेल आदि कसैले प्रयोग गरेको पाउनुभयो भने सो जानकारी पुलिसमा दिइहाल्नुहोस् । यसबाट पुलिसले मोबाइल चोर पत्ता लगाउन सजिलो हुन्छ ।


from SHYANE http://ift.tt/1SUyd0y
via समाचार

0 comments :

Post a Comment

 
Top