३३ दलिय गठबन्धनले आह्वान गरेको मधेस बन्दका कारण आज पनि तराईक्षेत्रका बजार तथा  सवारी साधन ठप्प, मोटर साइकल पनि चल्न नदिने आन्दोलनकारीको भनाई ।
दैनिक भइरहेका  बन्द तथा हडतालका कारण सर्बसाधरण सास्ती खेप्दै, उद्योगधन्दामा दैनिक अरव बढि नोक्सान भइरहेको उद्योगीहरुको गुनासो ।
पाकिस्तानको पेसावरस्थित विद्यालयमा भएको आतंकवादी आक्रमणप्रति राष्ट्रपति रामवरण यादवद्वारा दुःख व्यक्त,  जनता र पीडित परिवारप्रति समवेदना प्रकट ।
०६८ कात्तिकमा स्थापना भएको हेलो सरकारमा हालसम्म ३४ हजार पाँच वटा उजुरी दर्ता भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शान्ताराज सुवेदीको जानकारी ।
पहिचानविहीन संविधान ल्याउनु भनेको विद्रोह गर्न जनतालाई चुनौती दिनु भएकोे आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पद्मरत्न तुलाधरको  भनाई ।
सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्म रोजगार अनुमति प्रणाली भाषा परीक्षा पास गरी बसेका ६ हजार ४ सय ३१ नेपाली कोरिया लैजाने श्रम तथा रोजगार मन्त्रालयको घोषणा ।
निजी क्षेत्रले बजारमा कृत्रिम अभाव देखाएर कालोबजारीमा प्रोत्साहन दिएको निष्कर्ष सहित इन्धन आपूर्तिको जिम्मा सुरक्षा निकायलाई दिने सरकारको  तयारीे ।
मानवअधिकार हननको आरोपमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्नेल कुमार लामा अहिलेसम्म रिहाइ नभएको भन्दैसैनिक नेतृत्वसँग राष्ट्रिय मानवअधिकार आयोगको चासो ।
लोकतान्त्रिक र समावेशी संविधान कम्प्रमाइजबाट ल्याउन अनुराध गर्दै प्रमुख ४ दलका नेतालाई संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले छुट्टाछुट्टै पत्र लेखे , संविधान निर्माणबारे समयमै निर्णय हुने मुनको आशा ।


0 comments :

Post a Comment

 
Top