कार्तिक १३ । अमेरिकाको फ्लोरिडामा उडान भर्न लागेको जहाजमा आगो लाग्दा १५ जना घाइते भएका छन् ।
हलिउड इन्टनेसनल एयरपोर्टबाट भेनेजुएलाका लागि उडान भर्न लागेको डाइनामिक एयरलाइन्सको बोइङ ७६७ को बायाँ इन्जिनमा इन्धन चुहिएपछि आगलागी भएको हो ।
आगलागीपछि विमानमा रहेका यात्रुहरुलाईसकुसल बाहिर निकालिएको थियो । चालक दलका सदस्यहरुले सावधानीपूर्वक जहाजलाई ठूलो दुर्घटना हुनबाट बचाएका थिए । (एजेन्सी)


from SHYANE http://ift.tt/1ObOL2E
via समाचार

0 comments :

Post a Comment

 
Top