सोसल नेटवर्किंग साइट फेसबुकका सिइओ मार्क जुकरबर्गका केही सोसल मिडिया अकाउन्टहरु ह्याक भएका छन् ।
अघिल्लो हप्ता साउदी अरबका ह्याकरहरुले जुकरबर्गका टि्वटर, इन्स्टाग्राम तथा पिन्ट्रस्ट लगायतका सोसल साइटका अकाउन्ट ह्याक गरिदिएका हुन् ।
यतिमात्र होइन ह्याकहरुले जुकरबर्गका ती सोसल अकाउन्टका पासवर्ड पनि सार्वजनिक गरिदिएका छन् ।
ह्याकर्सका अनुसार जुकरबर्गको लिंक्डइन अकाउन्टका माध्यमबाट उनीहरु जुकरबर्गका अन्य सोसल अकाउन्ट ह्याक गर्न सफल भएका हुन् । जुकरबर्गको लिंक्डइनको पासवर्ड मबमबमब रहेको दाबी ह्याकरहरुको छ ।
जुकरबर्गको सोसल अकाउन्ट ह्याक गर्ने आवर माइन नामक ह्याकर समूहको टि्वटर अकाउन्टमा ४० हजार फलोअर्स छन् । उक्त समूहले जुकरबर्गको भनिएको टि्वटर अकाउन्ट ह्याक गरी टि्वट गरेका थिए:  हे मार्क हामीले तिम्रो अकाउन्ट ह्याक गरेका छौँ । तिम्रो लिंक्डइनको पासवर्ड मबमबमब हो । हामीले तिम्रो सुरक्षाको परीक्षणका लागि यसो गरेका हौँ । हामीले तिम्रो टि्वटर, इन्स्टाग्राम र पिन्टे्रेस्टमा पहुँच स्थापित गरेका छौँ । हामीसँग सिधै सम्पर्क गर ।
केही समयपछि नै उक्त समूहले उक्त टि्वट डिलिट गर्यो । जुकरबर्गले यहीँ पासवर्डबाट आफ्ना अन्य सोसल अकाउन्ट खोल्ने गरेको बताइएको छ ।
सन् २०१२ मा लाखौँ लिंक्डइन प्रयोगकर्ताको अकाउन्ट ह्याक भएको थियो । भेन्चर बिट वेबसाइटको एक रिपोर्ट अनुसार ती अकाउन्टमध्ये एक जुकरबर्गको अकाउन्ट पनि थियो । जुकरबर्गको भनिएको टि्वटर अकाउन्टबाट एउटा पनि टि्वट भएको देखिँदैन । उक्त अकाउन्ट जुकरबर्गको सक्कली अकाउन्ट नभई फर्जी अकाउन्ट भएको दाबी पनि गरिएको छ ।
जुकरबर्गको भनिएको टि्वटर अकाउन्ट  @finkd सन् २००९ मा खोलिएको देखिन्छ र त्यसका ४ लाख १४ हजार फलोअर्स छन् । जबकी उक्त अकाउन्टमा अहिलेसम्म केवल १९ टि्वट मात्र गरिएको छ ।
जुकरबर्गको भनिएको पिन्ट्रेस्ट अकाउन्टमा १३ हजार भन्दा बढि फलोअर्स र ७ लाख फाइभ स्टार छन् ।


from SHYANE http://ift.tt/1UbiTNj
via समाचार

0 comments :

Post a Comment

 
Top